ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ
२०८० वैशाख १३ गते

नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधवार ट्राफिक प्रहरीले धादिङ घर भएका २८ वर्षीय राजेश शाहीलाई पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरबाट धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुईपाङ्गे सवारी साधनको ट्रायल
दिदै गरेको अवस्थामा शाहीलाई फेला पारेको थियो।
नियन्त्रणमा आएका शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ। अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए।
ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत भट्टले बताए।
२०८० वैशाख १३ गते
प्रतिक्रिया
सम्बन्धित








