बुद्ध एयरको ‘मोबाइल एप’ बाट फाइदै फाइदा

उडान समय, भाडादर, तथा उडान अवतरणको नियमित जानकारी केही क्लिकमै

काठमाडौँ । विगतका दिनमा हवाई यात्राका लागि टाढाका सेल्स काउण्टर र त्यसमा पनि लामो समयसम्म लाइन लागेर पालो पर्खनु पर्थ्यो । तर, पछिल्लो समय सूचना प्रविधिमा आएको विकासले यसमा आमूल परिवर्तन ल्याइसकेको छ । अहिले हातको मोबाइलबाटै अनलाइनमार्फत केही क्लिकमै टिकट लिन सकिन्छ ।
नेपालको मार्केटिङ ट्रेन्ड हेर्दा ७० देखि ८० प्रतिशत यात्रुहरूले अनलाइनबाट हवाई टिकट लिइरहेका छन् । यसलाई अझ व्यवस्थित गर्न र यात्रुलाई समयको बचत गर्न सक्ने गरी विशेष सुविधाका साथ बुद्ध एयरले ‘मोबाइल एप’ सञ्चालन गरिरहेको छ ।

उक्त ‘मोबाइल एप’बाट आफ्नो उडानको स्टाटस हेर्न, अनलाइन टिकट काट्न र उडान सम्बन्धी थुप्रै जानकारी पाउन सकिने बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दिपेन्द्र कर्णले बताए ।

उनका अनुसार ‘मोबाइल एप’ प्रयोग गर्दा टिकटमा विशेष छुट र उडान सम्बन्धी लागेका विभिन्न प्रश्न तथा जिज्ञासा सजिलै मेटाउन पाइन्छ ।
‘मोबाइल एपमा यात्रुले फ्लाइटको स्टाटस हेर्न सक्छन्,’ उनी भन्छन्, ‘साथै यात्रुको घरपरिवारले पनि फ्लाइटको स्टाटस चेकजाँच गर्न सक्छन् । यसबाट सजिलै विमानको टिकट काट्न सकिन्छ । त्यहाँबाट उसले उडान सम्बन्धी जानकारी सजिलैसँग पाउने भयो ।’ ‘मोबाइल एप’ बाट टिकट मात्र नभई धेरै विषयमा जानकारी लिन सकिने उनले बताए ।

‘कहिलेकाहीँ मौसमले गर्दा फ्लाइट ढिलो हुनसक्ने र त्यस्तो अवस्थामा यात्रुले उक्त एपबाट सबै जानकारीहरू पाउने छन्,’ उनी भन्छन्, ‘सम्बन्धित व्यक्तिसँग सम्पर्क होला न होला तर मोबाइल एपको प्रयोगले उक्त झन्झटबाट मुक्त हुन सकिन्छ ।’

बुद्ध एयरको ‘मोबाइल एप’ युजर फ्रेन्ड्ली छ । यसलाई १२–१४ वर्षे बालकदेखि ६० वर्षको वृद्धले समेत चलाउन सक्छन् । यात्रुले ‘मोबाइल एप’ प्रयोग गर्दा बाहिरको भन्दा कम मूल्यमा टिकट पाउन सकिने कम्युनिकेसन म्यानेजर कर्णको भनाइ छ ।

उनका अनुसार ६–७ क्लिकमा टिकट मोबाइल स्क्रिनबाट डाउनलोड गर्न सकिन्छ । यात्रुले भिसा कार्ड, मास्टर कार्ड तथा विभिन्न डेभिड कार्डको प्रयोग गरेर टिकको पैसा भुक्तानी गर्न सक्छन् । साथै ई–सेवा, आइएमई र खल्ती एपबाट पनि पैसा तिर्न सकिन्छ ।

टिकट सुरक्षा
‘मोबाइल एप’ सेवा सरल र सुरक्षित रहेको कर्णको भनाइ छ । उनी भन्छन् ‘यो एपको सेवा सरल र सुरक्षित रहेको छ । यसबाट चोरी र ठगी हुँदैन ।’
उनले ‘मोबाइल एप’बाट टिकट काट्दा चोरी र ठगी नहुने बताएका छन् । उनका अनुसार टिकट चेक जाँच गर्न एयरपोर्टको काउन्टरमा हाइस्पिड इन्टरनेटको व्यवस्था गरिएको छ । उक्त टिकट अरूले चेकजाँच नगरोस् र त्यसको फाइदा नलिओस् भनेर सेक्युरिटी राखिएको छ । त्यहाँ पिएनआर, टिकेट नम्बर, राखेपछि मात्र टिकेट डाउनलोड गर्न सकिने उनी बताउँछन् ।

ट्राभल एजेन्सीबाट काटेको टिकट कसरी हेर्ने ?
यदि यात्रुले ट्राभल एजेन्सीबाट टिकेट काटेका छन् भने ट्राभल एजेन्सीबाट पिएनआर नम्बर र टिकट नम्बर पठाइदिएको हुन्छ । उक्त नम्बरहरू राख्ने बित्तिकै टिकेट मोबाइल एपबाट डाउनलोड गर्न सकिन्छ ।

आवश्यक जानकारी ’मोबाइल एप’ मा
कर्णका अनुसार बुद्ध एयरको ‘मोबाइल एप’ मा कार्गो सेक्युरिटी चेक सम्बन्धी सूचनाहरू हेर्न सकिन्छ । साथै कुनै यात्रुको ६ महिनाको शिशुलाई यात्रा गराउनु परे विमानमा लैजान सकिन्छ वा सकिँदैन । सामानको तौल बढी भएमा कति मूल्य थप तिर्नु पर्छ आदिलगायत विभिन्न जानकारी बुद्ध एयरको ‘मोबाइल एप’ बाट पाउन सकिन्छ । साथै एपमा इन्फा्लाइट म्यागेजिन ‘यात्रा’ पनि पढ्न पाइन्छ ।

‘मोबाइल एप’ सजिलो, छिटो र सुरक्षित भएकाले यो एप प्रयोग गर्न कर्णले सबैलाई आग्रह गरेका छन् । उक्त एप नेपाली, भारतीय र अन्य पर्यटकले पनि प्रयोग गर्न सक्छन् । नेपाली र भारतीय यात्रुले टिकेट काट्दा रुपैयाँमा र अन्य विदेशी यात्रुले डलरमा टिकट काट्नु पर्ने नियम रहेको उनले बताए ।

भिडिओमा बुद्ध एयरको ‘मोबाइल एप’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *