विश्वका प्रमुख देश सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार गर्दै

बहत्तरघण्टे युद्धविरामको फाइदा उठाउँदै विश्वका प्रमुख देशले सुडानबाट आफ्ना नागरिकको युद्धस्तरमा उद्धार थालेका छन्। पूर्णरुपमा युद्धविरामको पालना नभएकाले त्रासका बीच उनीहरू आफ्ना नागरिकलाई स्वदेश फर्काउन वा अन्य सुरक्षित स्थानमा पुर्याउन लागिपरेका छन् ।

धेरै देशले आफ्ना राष्ट्रिय सेना परिचालन गरेर कूटनीतिक कर्मचारी र नागरिकलाई प्राथमिकताका साथ उद्धारको प्रयास अघि बढाएका छन् । फ्रान्सले जिबुटीमा आफ्नो एयरबेस बनाएर काम थालेको छ । यद्यपि उद्धार सहज भएको छैन । पेरिसले ३६ देशका चार सय ९१ नागरिकलाई उद्धार गरेको छ । फ्रान्सद्वारा उद्धार गरिएकामा अमेरिका र बेलायत र जर्मनीका कूटनीतिक कर्मचारी पनि छन् । बेलायतका करिब दुई हजार नागरिकले उद्धारका योजनाबारे आफूहरूले पर्याप्त सूचना र जानकारी नपाएको गुनासो गरेका छन्।

अमेरिकाले खार्तुममा कार्यरत कूटनीतिज्ञ एवम् तिनका परिवारका सदस्यलाई पहिलोचरणमा उद्धार गरेपनि झण्डै १६ हजार अमेरिकी नागरिकलाई एकैपटक उद्धार गर्न नसकिने बताएको छ। वासिङ्टनले सुडान छाड्न चाहने आफ्ना नागरिकलाई स्थलमार्गबाट सुरक्षित स्थानमा पु¥याउने योजना बनाएको र त्यसमा सहजकर्ताको भूमिका निर्वाह गर्ने घोषणा गरेको छ।

संयुक्त अधिराज्यले साइप्रसको पूर्वी भूमध्यसागरीय टापुमा रहेको प्रमुख ब्रिटिस हवाई अड्डाबाट करिब एक हजार दुई सय सैनिक परिचालन गरेर ३० जना कूटनीतिज्ञ र उनीहरूका परिवारलाई खार्तुमको रणभूमिबाट सुरक्षित रुपमा उद्धार गरेको छ। अन्य नागरिकलाई पनि यथाशीघ्र उद्धार गरिने बेलायतका विदेशमन्त्रीले बताएका छन्।

सङ्घीय गणतन्त्र जर्मनीले करिब चार सय जनालाई सुडानबाट जोर्डन पु¥याएको छ। उनीहरू त्यहाँबाट आफ्नो मुलुकतर्फ प्रस्थान गर्ने बताइएको छ। जर्मनीको उद्धार उडानबाट २७ जना अष्ट्रेलियाका नागरिक पनि छन्।

क्यानडाका विदेशमन्त्री मेलानी जोलीले सुडानमा औपचारिक रूपमा दर्ता भएका एक हजार छ सय क्यानडालीलाई उद्धार गर्न समान विचारधारा भएका देशसँग छलफल भइरहेको बताउनुभएको छ। क्यानडाले खार्तुमबाट कन्सुलरलगायत सबै सेवा बन्द गरेको छ।

इटालीको वायुसेनाले आइतबार साँझ खार्तुम विमानस्थलबाट करिब दुई सय जनालाई जिबुटी पु¥याएको छ । इटालीले स्विस, विभिन्न युरोपेली देश र खार्तुमस्थित भ्याटिकनको दूतावासका कर्मचारीलाई उद्धार गरेको जनाएको छ। भारतले पनि उद्धारको प्रक्रिया प्रारम्भ गरेको बताएको छ।

स्पेनले खार्तुमबाट ३४ जना आफ्ना नागरिक, अर्जेन्टिी, कोलम्बियाली, आइरिस, इटालेली, मेक्सिकन, पोर्चुगी र पोलिस गरी एक सय ७२ जनालाई उद्धार गरेर जिबुटी पु¥याएको बताएको छ। त्यसैगरी फ्रान्सको सहयोगमा स्वीडेन र डेनमार्कका तीन सय ८८ जना पनि जिबुटी पुगेका छन्।

स्विटजरल्याण्ड, फिनल्याण्ड, पोल्याण्ड, नर्वे, नेदरल्याण्डस्, बुल्गेरिया, टर्की, ग्रीस, जापान, दक्षिण अफ्रिका, केन्या, प्यालेष्टाइन, दक्षिण कोरिया, जार्डन र इजिप्टलगायत दशले आफै र केहीले आफ्नो विकासका साझेदार मुलुको सहयोगमा आफ्ना नागरिकलाई खार्तुमबाट उद्धार गरेका छन्।

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल ९एसएएफ० र ¥यापिड सपोर्ट फोर्सेस ९आएसएफ० सोमबार मध्यरातदेखि ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका भए पनि खार्तुमका विभिन्न भागमा गोलाबारुद्ध विष्फोटका आवाज बन्द भएका छैनन् ।

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन्भने ठूलो सङ्ख्यामा विदेशीहरू पलायन भएका छन्। यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए । राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =