इन्जिनमा समस्या भएको भनिएको विमान गन्तव्यतर्फ नै प्रस्थान
२०८० वैशाख ११ गते

इन्जिनमा समस्या देखिएको भनिएको फ्लाई दुबईको विमान गन्तव्यतर्फ नै प्रस्थान गरेको छ। विमानस्थल कार्यालयका प्रमुख प्रतापवावु तिवारीका अनुसार विमानमा देखिएको समस्या समाधान भएको चालक दलले बताएपछि विमन दुवईतर्फ नै पठाइएको हो।
९ बजेर २३ मिनेटमा उडेको विमानको इन्जिनमा समस्या देखिएको भन्दै चालक दलले खबर गरेपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो।
काठमाडौंको आकासमा केहीबेर फन्को लगाएको विमान पछि समस्या सामान्य भएको बताएर गन्तव्य तर्फ नै लागेको तिवारीले बताए।
दुवईका लागि उडेको उक्त विमानमा १७५ जना यात्रु रहेका थिए।
पर्यटनमन्त्री सुदन किरातीले पनि अहिले विमान सुरक्षित रुपमा गन्तव्यतर्फ गइसकेको बताएका छन्। ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा’, मन्त्री किरातीले लेखेका छन्।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








