गुण्डा नाइके रमेश बाहुन जेलबाट छुटे

गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल जेलमुक्त भएका छन्। १० वर्षको कैद सजाय सुनाइएका उनी केन्द्रीय कारागार सुन्धाराबाट मुक्त भएका हुन्।

बाहुन लागुऔषध मुद्दामा दोषी ठहर भएका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश नवराज दाहालको एकल इजलासले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो।

२०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्तोल बरामद भएको दाबी गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =