चितवन-२ : रविले लिए अग्रता, दोस्रो स्थानमा रामप्रसाद
२०८० वैशाख ११ गते

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले अग्रता लिएका छन् ।
हाल मतगणना इच्छाकामना गाउँपालिका १ र ३ नम्बर वडाबाट मतगणना भइरहेको छ ।
रविले ११ सय ५५ मत पाउँदा एमालेबाट रामप्रसाद न्यौपानेले ६ सय ६५ मत ल्याएका छन् । गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठले ५ सय ८८ मत ल्याएका छन् ।
मंसिर ४ को निर्वाचनमा यो क्षेत्रबाट लामिछाने निर्वाचित भएका थिए । उनको नागरिकता विवाद भएपछि पदमुक्त भएका थिए ।
त्यो बेला८३९५६ जनाले मतदान गरेको निर्वाचनमा लामिछानेले ४९२६४ भोट पाएका थिए । उनी देशभरमै सबैभन्दा फराकिलो मतान्तरले विजय भएका थिए ।
यो पटक १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेको यस क्षेत्रमा ७८ हजार २ सय ७७ मत खसेको छ ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








