तनहुँ-१
१८ हजार मत गन्दा स्वर्णिमले १० हजार कटाए, गोविन्द र सर्वेन्द्रको कति ?
२०८० वैशाख ११ गते

काठमाडौँ । तनहुँ-१ मा आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १३ वडाको अर्थात १८६६१ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन् ।
उनले १०२५९ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले २४६० मत ल्याएका छन् ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








