गोविन्द र सर्वेन्द्रले ल्याएकोभन्दा पनि २८ सय मतले अगाडि स्वर्णिम

काठमाडौँ । तनहुँ-१ मा आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १६३४३ मत गणना हुँदा मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन् ।

उनले ९१९८ मत ल्याउँदा कांग्रेसका गोविन्द भट्टराईले ३८०६ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले २४६० मत ल्याएका छन् । गोविन्द र सर्वेन्द्रले ल्याएको मत जोड्दा ६२६६ हुन्छ । स्वर्णिम त्योभन्दा २८५२ मतले अगाडि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =