काश्मीरी मस्जिदमा नमाज पढ्दै इस्लाम समुदाय (तस्बिरहरू)

काठमाडौँ । आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ देशभर मनाइँदैछ । इदुलफित्र मुस्लिम समुदायका धर्मावलम्बीहरु एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन् ।

रमजानको अवसरमा आज काठमाडौँको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।

रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रूपमा समेत लिने गर्दछन् । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात् व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिएपछि सोही शुक्रवारबाट व्रत बस्न सुरु भएको थियो ।

रमदान अर्थात् रमजान महिना सकिएको खुसीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउन लागेका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *