ब्राजिलका राष्ट्रपति लुला पोर्चुगलमा

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल पुगेका छन्।

ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको छ, “यो भ्रमण ब्राजिलका मुख्य साझेदारहरूसँगको कूटनीतिक सम्बन्धको पुनः सुरुवातको एक हिस्सा हो ।”

लुलाको चीन, संयुक्त राज्य अमेरिका र बाजिलको छिमेकी अर्जेन्टिना र उरुग्वेको भ्रमणपछि यो निर्णय भएको कार्यालयले जनाएको छ ।

दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चार वर्षको सापेक्षिक अलगावपछि अन्तर्राष्ट्रिय मञ्चमा ‘ब्राजिल फर्किएको छ’ भन्ने प्रतिवद्धता गर्दै वरिष्ठ वामपन्थी नेताले राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए।

सम्झौताकर्ताको रूपमा ब्राजिलको भूमिकालाई पुनर्जीवित गर्ने प्रयास गर्दै उनले सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने बताएका छन्।

एकातिर संयुक्त राज्य अमेरिका र युरोप वा अर्कोतर्फ चीन र रूसको पक्ष लिने कुराको उनले विरोध गरेका छन्।

तर सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका ७७ वर्षीय नेताले युक्रेन द्वन्द्वलाई लिएर युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि केही कूटनीतिक असहजताको सामना गर्नुपर्ने हुन सक्छ ।

लुला शुक्रबार बिहान लिस्बन आइपुग पनि उनको औपचारिक कार्यक्रम शनिबार मात्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो र पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटघाटबाट सुरु हुनेछ ।

भ्रमणका क्रममा ऊर्जा, विज्ञान, शिक्षा र पर्यटनका क्षेत्रमा करिब एक दर्जन द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

गत साता टाइम पत्रिकाले सार्वजनिक गरेको विश्वका प्रभावशाली व्यक्तिको सूचीमा परेका लुलाले सोमबार उत्तरी शहर पोर्टोका व्यापारिक नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यसपछि उहाँ मङ्गलबार र बुधबार स्पेनको भ्रमण गर्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =