हर्क साम्पाङविरुद्ध धरानकै वडाध्यक्षले दिए अख्तियारमा उजुरी
२०८० वैशाख ७ गते

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
मेयर साम्पाङविरुद्ध धरानकै वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेका हुन्।
आफूविरुद्ध उजुरी परेको मेयर साम्पाङले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनले यस विषयमा आफूलाई सहयोग गर्न धरानवासीसहित आम नेपाली नागरिकसँग अनुरोधसमेत गरेका छन्।
‘जनताले स्वस्फूर्त दिएको सहयोग लिएर धरानको खानेपानी समस्या समाधान गर्न खोज्दा मलाई मेरा विरोधीहरूले अख्तियारमा उजुरी दिएका छन्। यो बारेमा आम धराने जनता र आम नेपाली जनता बोल्नुपर्ने बेला आयो’, मेयर साम्पाङले बिहीबार लेखेका छन्।
यसबाट आफूलाई कुनै फरक नपर्ने दाबी पनि उनले गरेका छन्।
२०८० वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित








