पोखराको ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजरमा च्यापिएर चालकको मृत्यु

पोखरा। पोखराको ल्याण्डफिल साइटमा च्यापिएर डोजर चालकको मृत्यु भएको छ।

पोखरा ३२ मा रहेको ल्याण्डफिल साइटमा फोहोर पुर्न प्रयोग गरिने ग १ ग १३४ नम्बरको डोजरमा च्यापिएर ६० वर्षीय चालक मुसाफिर दासको मृत्यु भएको हो।

फोहोर पुर्न डोजर चालु राखेर उनी डोजर अगाडि गएका थिए। स्टार्ट भइराखेको डोजर अगाडि बढ्दा चालकलाई पेलेको महानगरले जनाएको छ।

२ वर्षअघि नै अवकास पाइसकेका उनलाई अर्को कर्मचारी नपाएका कारण महानगरले नै करारमा राखेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =