निहारिका राजपूत डेरामै अचेत फेला, विष सेवन गरेको आशंका

जनकपुरधाम । कुमारी आमाका रूपमा चर्चित निहारिका राजपूत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् । डेराबाट प्रहरीले उद्धार गरी निहारिकालाई प्रादेशिक अस्पताल लगिएको छ ।

स्थानीयले निहारिका डेरामै छटपटाई रहेको भनेर जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले तत्कालै आफ्नै गाडीमा अस्पताल पुर्‍याएको हो । निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन ।

एक प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन् । विष सेवन गरेको आशंका छ । स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध बिग्रेको छ । त्यसैले उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिए । शिवराजसँग प्रेम गरेकै बेला निहारिका गर्भवती भएकी थिइन् ।

शिवराज गर्भ फाल्न दबाब दिए । तर उनी नमानेपछि शिवराज सम्बन्ध तोडेका थिए। त्यसपछि उनी बच्चा (छोरा) जन्माइन् र शिवराजविरुद्ध बलात्कार मुद्दा दर्ता गराइन् । तीन वर्षसम्म मुद्दा लडेपछि अदालतले शिवराजलाई निर्दोष रहेको फैसला गरेपछि उनी लामो समयसम्म आन्दोलन गरिन् ।

त्यसपछि छोरा र शिवराजको डिएनए परीक्षणको आदेश भयो । र, परीक्षण गर्दा शिवराज र उनका छोराको डिएनए मिल्यो । त्यसपछि ०७९ माघ १७ मा शिवराज र निहारिकाले श्रीमान–श्रीमतीको रूपमा बस्ने भन्दै अदालतमै मिलापत्र गरेका थिए । लगत्तै उनी दुवैजना जानकी मन्दिरमा विवाह गरेका थिए । अहिले उनीहरुबीच फेरी सम्बन्ध चिसिएको भन्ने स्थानीयको अनुमान छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *