भेरी नदीमाथिको बेलिब्रिज भाँचिदा ९ जना घाइते, ४ को अवस्था गम्भीर

सुर्खेत । भेरी कोरिडोर अन्तर्गत जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीमाथिको बेलिब्रिज भाँचिदा ९ जना घाइते भएका छन् । बिहीबार दिउँसो मान्छेहरू हिँडिरहेकै बेला बेलिब्रिज भाँचिएको प्रहरीले जनाएको छ।

जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु र रुकुम पश्चिमको आठबिसकोटमा निर्माणाधीन बेलिब्रिज भाँचिदा ९ जना घाइते भएको जाजरकोट प्रहरीले बताएको छ । ४ को अवस्था भने गम्भीर छ ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि दल्ली स्वास्थ्य शाखामा लगिँदै छ ।

प्रहरी घटना स्थलमा पुगेको र थप विवरण आउन बाँकी रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *