कोशी सरकारले सार्वजनिक गर्याे १०० दिनकाे उपलब्धी, सबै दललाई सरकार आउन आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले सबै दलहरूले सामूहिक रूपमा सरकार सञ्चालनका लागि आह्वान गरेका छन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरु मिलेर प्रदेशलाई बलियो बनाउने गरी सरकारमा सबै समावेश हुन उनले आग्रह गरेका हुन् । कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले पश्चिमा मुलुकहरूले प्रतिपक्षी अनिवार्य भनेको झैँ गरिए पनि प्रदेशको विकास गर्ने कुरामा कुनै पनि दलहरू सरकार बाहिर बसेरभन्दा पनि सरकार भित्रै रहेर प्रदेशको विकासमा लाग्न सकिने बताएका हुन् ।

‘अब प्रदेश प्रति बढ्दै गएको गलत धारणालाई चिर्नका लागि सबै जना एकै ठाउँमा बसेर काम गरौँ, उनले भने, म यसै मार्फत पनि दलहरूलाई आग्रह गर्न चाहन्छु, प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैदलहरु सरकारमा समावेश भएर प्रदेशको विकासमा लागौँ ।’

कार्कीको नेतृत्वमा नेकपा एमाले सहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी सरकारमा सहभागी छन् । सरकार बाहिर रहेको नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याएर प्रदेशको विकास गर्ने मुख्यमन्त्रीको भनाइ छ ।

उनले बाँकी रहेका २ मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चाँडै मन्त्री नियुक्ति हुने समेत बताएका छन् । हामीले अरू दलहरूलाई पनि सँगै लैजानको लागि ती मन्त्रालयहरूमा मन्त्री नियुक्त नभएको बताएका मुख्यमन्त्री कार्कीले मन्त्री नहुँदा पनि दुवै मन्त्रालयको काम भने नरोकिएको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको १०० दिनको पहिलो उपलब्धीको रूपमा १३ वटा मन्त्रालयलाई घटाएर ९ वटामा बनाउनुलाई लिएका छन् । उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन गरेर कोशी प्रदेशको प्रशासनिक खर्चलाई मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह विकासको व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यदलले काम गरिरहेको बताए ।

उनले आफू मुख्यमन्त्री भएपछि प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थिति पत्र २०७० तर्जुमा गरेर त्यसको आधारमा काम भएको बताए । सरकारको १०० दिनमा प्रदेश सरकार मन्त्री परिषदबाट अवधारणामा सैद्धान्तिक स्वीकृति भई निर्माणाधीन विधेयक १, प्रदेश सभामा पेस गर्न स्वीकृत विधेयक ३, प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको विधेयक २, मन्त्री परिषदबाट स्वीकृत भएका नियमावली ३वटा तथा २ कार्यविधि र १ निर्देशिका मन्त्री परिषद्को बैठकबाट स्वीकृत भएको जानकारी दिइएको छ ।

यस्ता छन् १०० दिनकाे उपलब्धी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *