सहकारी सञ्चालकलाई बचतकर्ताले कालोमोसो दलेर लगाइदिए जुत्ताको माला

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित एक सहकारी संस्थाका सञ्चालकलाई बचतकर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।

गठ्ठाघरस्थित राम बहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा रहेको कृषि बिकास तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालोमोसो दलेर केही बचतकर्ताले जुत्ताको माला लगाएका हुन् ।

विगत १२ वर्षदेखि सञ्चालित उक्त सहकारमा रकम जम्मा गरेका बचतकर्ताहरुले उक्त दुर्व्यवहार गरेका हुन् । उनीहरूले किन सहकारी सञ्चालकमाथि दुर्व्यवहार गरे भन्ने हालसम्म खुलेकाे छैन ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले मध्यपुर ठिमी नगरपालिका–७ धुन्चेपाखा बस्ने ४४ वर्षका मुरारी नेपाल, ओखलढुंङगाको हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३६ वर्षकी प्रेमकुमारी तामाङ, झापा कोहोरा गाउँपालिका २ घर भई हाल गठ्ठाघर बस्ने बर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुरठिमी नगरपालिका– ९ बोडे बस्ने बर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगाको लिखु गाउँपालिका ४ घरभई कौशलटार बस्ने बर्ष ३४ की पवित्रा तामाङ उक्त घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *