मिटरब्याज पीडितले गरे पत्रकार सम्मेलन, भने– प्रहरीले चरम दमन गर्‍याे (तस्बिरहरु)

काठमाडौँ । मिटर ब्याज पीडितले प्रहरीले आफूहरुमाथि चरम दमन र अमानवीय व्यवहार गरेको बताएका छन् । शान्तिवाटिकामा मंगलबार पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो बताएका हुन् ।

सोमबार दिउँसो पीडितहरुले सिंहदरबार क्षेत्रमा प्रदर्शनका लागि निस्कने क्रममा शान्तिवाटिका गेटमै प्रहरीले हस्तक्षेप गरी उनीहरुमाथि लाठी र पानी फोहरा वर्षाएको थियो । उक्त झपडमा पीडितहरुमाथि पहिला प्रहरीले नै ढुंगा प्रहार गरेको उनीहरुले गुनासो गरेका छन् । झडामा प्रहरीको लाठी प्रहारबाट केही पीडितहरु घाइते समेत भएका थिए । पत्रकार सम्मेलनमा उपस्थित घाइतेहरुले आफूहरुमाथि प्रहरीले ज्यादति गरेको बताएका छन् ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *