मन्थली–लुक्ला रूटमा दैनिक एक दर्जनभन्दा बढी उडान गर्दै तारा एअर

मन्थली । पर्यटकीय सिजन सुरु भए सँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकहरूका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला सम्म दैनिक ४ दर्जनभन्दा बढी सम्म उडान गर्दै आएका छन् ।

यो सिजनमा तारा एअरको ट्विनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाइट गर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । यो विमानस्थलबाट तारा एअर लगायत समिट र सिताले पनि उडान भर्दै आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि एउटा विमानले दैनिक दुई देखि तीन वटा मात्र उडान भर्नसक्ने अवस्था भएपछि मन्थलीबाट लुक्ला उडाउन सुरु गर्न थालेपछि दैनिक एउटै विमानले आठ देखि दस वटा सम्म उडान गर्न थालेका छन् ।

तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले पछिल्लो समय ताराको एउटै विमानले मन्थलीबाट लुक्ला सम्म दैनिक पाँचदेखि आठ वटा उडान भर्दै आएको जानकारी दिए । अहिले रामेछापको मन्थली विमानस्थलमा ताराका दुई वटा विमान रहेका छन् ।

‘बिहानै काठमाडौँबाट गाडीमा मन्थलीसम्म आएर मन्थलीबाट विमान चढेर एकै दिन लुक्ला पुगिने भएपछि विदेशी पर्यटकसमेतलाई सजिलो भएको छ,’– उनले भने ।

तारा एअरले मन्थलीदेखि लुक्ला मात्र नभएर पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *