मिटरब्याज पीडित भन्छन् : प्रहरीले दमन गर्‍यो

काठमाडौँ । मिटरब्याज पीडित र नेपाल प्रहरीबीच झडप भएको छ । सोमबार रत्नपार्कस्थित शान्तिवाटिकामा पीडितले प्रदर्शन गर्ने क्रममा शान्तिवाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याजपीडित एक सदस्यले बताए ।

उनले शान्तिपूर्ण रुपमा आफूहरुले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झण्डमा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । उनले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाए । आफ्ना साथीलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन गरिराख्ने बताए ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबारवरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।

प्रहरीले मिटरब्याजीपीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहार गरेको प्रदर्शनकारीले बताए ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *