गोविन्द भट्टराई जिताउन ब्यासमा घरदैलो गर्दै कांग्रेस नेता डा. शेखर कोइराला

काठमाडौँ । उपनिर्वाचनको प्रचारप्रसार अन्तिम अवस्थामा पुगिरहेको बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला तनहुँ-१ मा पुगेका छन् । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको प्रचारप्रसारका क्रममा उनी ब्यासमा घरदैलो गर्दै पुगेका हुन् ।

मतदाताको घरदैलोमै पुगेर डा. कोइराला, सदस्य सञ्जय गौतमलगायतले गोविन्द भट्टराईका लागि मत मागिरहेका छन् । तनहुँ-१ का तत्कालीन प्रतिनिधिसभा सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको तनहुँ नेपाली कांग्रेसको बलियो क्षेत्रका रूपमा चिनिन्छ ।

घरदैलो गरिरहेका नेता डा. कोइरालाले कांग्रेसले उपनिर्वाचनमा शानदार जित हात पार्ने बताए । ‘कांग्रेस भनेको जनता हरेक सुख दुःखको साथी हो,’ उनले भने, ‘तनहुँ-१ का जनताको भलाई र विकासको लागि गोविन्द भट्टराई मात्रै उपयुक्त व्यक्ति हो । त्यसैले उहाँको जित आवश्यक छ ।’

 

प्रतिक्रिया

One thought on “गोविन्द भट्टराई जिताउन ब्यासमा घरदैलो गर्दै कांग्रेस नेता डा. शेखर कोइराला

  1. वसन्त बहादुर सि. के केन्द्रिय महाधिवेशन प्रतिनिधि says:

    राम्रो कार्य!! अगाडि बढी रहनु होस!!! जय नेपाल!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =