तीन उम्मेदवारलाई ओलीले भने, ‘स्वास्थ्य अवस्था ठिक भएपछि भेट्न आउँछु’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यका समस्या आएको छ । आफूलाई भाइरल ज्वरोले समाएको सामाजिक सञ्जालमा बताएका छन् ।

आइतबार फेसबुकमा लेख्दै उपनिर्वाचन हुने तीनै क्षेत्रका एमाले उम्मेदवारलाई आफ्नो स्वास्थ्य अवस्था ठिक भएपछि भेट्न जाने समेत बताएका छन् ।

उनले लेखेका छन् ‘सबैलाई नमस्कार, भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म यान्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन । तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईँहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरू समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठिक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनै जना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *