पदबहाली गर्दै महासंघ अध्यक्ष ढकालले गरे अर्थतन्त्र सुधार्ने ५ प्रतिबद्धता

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गरेका छन् । आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गरेका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन् । ढकालले गत बिहीवार निःर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

ढकालले गत बिहीबार नै पद तथा गोपनियताको शपथ लिए पनि आइतबार मात्रै अध्यक्षको पदबहाली गरेका हुन् । अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्नसक्छ भन्ने उदारण आफैँ भएको बताए । उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताए ।

अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमान्दारिताकासाथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्नसक्ने बताए । कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिबद्धता उनले जनाए ।

उनले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिबद्धता गरे ।

वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताउनले बताए । उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरु सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताए । सरकार र निजी क्षेत्रबीच साझेदारी ग¥यो भने मात्रै व्यवसायिक गतिविधिहरु बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिबद्धता उनले जनाए ।

नेपाल सरकार र दातृनियकासँग समन्वय गरी मुलुक भित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताए ।

पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए ।

‘मुलुकमा वर्तमान अवस्था देखिएको आर्थिक संकट छ,’उनले भने, ‘अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने कसरी संकट बाहिर आउने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु ।’

नेपालमा प्रत्येक वर्ष ५ लाख जनशक्ति श्रम बजारमा आउने र त्यसमध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको उनले बताए ।

‘नेपालमा धेरै जनशक्तिको खाँचो छ तर नेपालमा दक्ष जनशक्ति तयार हुन सकेको छैन,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदा पनि अर्धजनशक्तिका रुपमा वैदेशिक रोजगारीमा जाने गरेको छ । महासंघले नेपालमा बस्ने र बाहिर जाने जनशक्तिलाई लगानीकर्ता तथा सरकारसँग सहकार्य गरेर दक्ष बनाउनेछु ।’

निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

‘म एउटा गाउँबाट आएको सानो व्यवसायी,व्यवसाय नै नभएको शून्य व्यवसाय भएको व्यक्ति पनि नेपालभरका व्यवसायीहरुको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनसक्ने रहेछ भन्ने लागेको छ,’ उनले भने, ‘जसले इमान्दारीताका साथ नागरिकको पक्षमा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसाय बनाउन सक्यो भने स्वभाविक रुपमा सानो व्यवसायले पनि महासंघको नेतृत्व लिनसक्छ भन्ने म आफैँ उदाहरण छु ।’

उनले साना व्यवसायीहरुको समेत महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने बताए ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिबद्धतामा साथ दिएर अगाडि बढ्ने प्रविद्धता जनाए । गोल्छाले अध्यक्ष ढकालले महासंघको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोग बनेर सहयोग गर्ने बताए ।

उनले अनुभवी र सानो व्यवसायबाट ठूलो व्यवसायीक समूहमा पुगेको अनुभवले महासंघलाई नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले महासंघका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताए । उनले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *