सेती खोँचमा खसेर एक बालिकाको मृत्यु
२०८० वैशाख ३ गते

पोखरा । पोखराको सेतीनदीको खोँचमा खसेर एक बालिकाको मृत्यु भएको छ । पोखरा १५ स्थित सेती किनारको खोँचमा खसेर बालिका गम्भीर घाइते भएकी थिइन् ।
पोखरा ८ नागढुंगाकी १२ वर्षीया स्मृति पराजुलीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खोँचमा खसेको साढे २ घण्टापछि उनको जीवितै उद्धार गरिएको थियो ।
तर अवस्था गम्भीर भएका कारण उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
२०८० वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित








