स्पेनिस ला लिगामा रियल म्याड्रिडको सहज जित

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सहज जित हात पारेको छ । रियलले घरेलु टोली क्याडिजलाई २-० ले पराजित गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याएको हो ।

रियलको जितमा नाँचो फर्नान्डेस र मार्को एसेन्सियोले गोल गरे । जितसँगै रियलले बार्सिलोनासँगको अंक दुरी १० मा छोट्याएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *