अब अनलाइनबाटै नक्सा पास गर्न सकिने
२०८० वैशाख २ गते

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीबाटै नक्सापास गर्न सक्ने सेवा सुरु गरेको छ । महानगरपालिकाले वैशाख १ देखि घरको नक्सा दर्तादेखि प्लिन्थ लेभलसम्मको सेवा अनलाइनबाटै गर्न सकिने व्यस्था गरेको हो
मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै घरबाट र्ने नक्सा पास गर्न सकिने जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनलाइन प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घर नक्सा दर्ता अनलाइनबाटै पेस गर्न सकिनेछ ।
संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगई अनलाइनबाट नै सेवा लिन सकिनेछ ।’
२०८० वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित








