नयाँ बर्षमा वराहक्षेत्रमा सर्बसाधारणको भिड (तस्बिरहरु)

विराटनगर । नयाँ बर्षको दिन बैशाख १ गते प्रशिद्ध तिर्थस्थल वराहक्षेत्रमा श्रद्धालुको भिड लागेको छ। नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थस्थल वराहक्षेत्रमा सर्बसाधारण्णको भिड लागेको हो ।

कोका र कोशी नदी संगममा पर्ने यो स्थान बराहक्षेत्र नगरपालिकामा अबस्थित । ब्रह्मपुराण, वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारतमा समेत महिमा उल्लेख गरिएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो ।

बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआज हुने गर्दछ। यो स्थान सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मी. उत्तर पश्चिममा अवस्थित छ। वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन्।

आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू रहेको बताईन्छ । वराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट हुने भएपनि कार्तिक पूर्णिमा र मकर संक्रान्तिमा मेला लाग्ने गर्दछ । त्यस्तै बिशेष दिनहरुमा सर्बसाधारणको भिड लाग्ने गरेको छ ।

ऋषि पूर्णिमा, ब्यास पूर्णिमा, फागु पूर्णिमा विभिन्न एकादशी तथा अन्य व्रत र उत्सवका दिनहरूमा पनि तीर्थयात्रीहरू प्रसस्त मात्रामा बराहक्षेत्र पूग्ने गर्दछन् । वराहक्षेत्र पूर्वी नेपालको सबै भन्दा महत्वपूर्ण पर्यटकीय स्थल हो ।

पूर्वी नेपालमा वराहक्षेत्रलाई केन्द्र बिन्दु बनाएर धार्मिक पर्यटनको विकास गर्न सकिन्छ। वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशयर गर्न चाहने मानिसहरूका लागि निकै महत्वपूर्ण मानिन्छ ।

शुक्रबार पनि नयाँ बर्ष २०८०को पहिलो दिन सर्बसाधारणको भिड लागेको थियो । टाढा टाढाबाट आएका श्रद्धालुहरु आफ्नो मनोकामना पुरा हुने विस्वासका साथ बिहानै कोशी नदिनमा स्नान गरि त्यहाँको जल मन्दिरमा जलार्पण गरेर आफ्नो मनोकांक्षा पुरा गर्ने गर्दछन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *