जमुनाको कविता संग्रह घामको फूल लोकार्पण

विराटनगर । कवि जमुना पाैड्यालकाे कविता कृति घामको फूल लोकार्पण गरिएको छ । विराट साहित्य संगमले विराटनगरमा एक कार्यक्रमको आयाेजना गरी पाैड्यालकाे कविता कृति घामको फूल लोकार्पण गरिएको हो ।

पुस्तकको समीक्षक हरि कट्टेलले पुस्तकमाथि समालोचना गर्दै सुन्दर कवितामा आएको कृतिले साहित्यका पारखीलाई खुसी बनाउन सक्ने बताए । गद्य शैलीमा लेखिएका फुटकर कविता संग्रहमा संग्रहित कविताहरूले अनुभव, अनुभूति र कल्पनालाई लेपन गरेर बुनेर कविले कवितामा उतारेको उल्लेख गरे ।

प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदीले, मधु पोखरेल, सरला चापागाईँ तथा पुस्तकका लेखक जमुना पाैड्यालले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे । कवि कविता केसरीले पाैड्यालकाे कविता यात्रा, सँगसँगै हिँड्दा डुल्दा र साहित्य सहयात्राको अनुभव सुनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *