दुई आत्मघाती गोलसँगै युनाइटेड जितबाट वञ्चित

काठमाडौँ । युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब सेभियाले रोमाञ्चक बराबरी खेलेका छन् । म्यानचेस्टर र सेभियाले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

युनाइटेडका मार्सेल सवित्जरले गोल गर्दा सेभियाले दुवै गोल उपहार पाएको थियो । ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको १४औं मिनेटमा मार्सेलको गोलबाट युनाइटेडले सुरुवाती अग्रता लियो । २१औं मिनेटमा मार्सेलले नै गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

तर, त्यो अग्रतालाई युनाइटेडले खेलको अन्त्यतिर जोगाउन सकेन । दुई आत्मघाती गोलले युनाइटेड जितबाट वञ्चित बन्न पुग्यो । ८४औं मिनेटमा टेलर मालासियाले आत्मघाती गोल गरे भने इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ह्यारी मगाएरले आत्मघाती गोल गरेपछि युनाइटेड जितबाट वञ्चित भएको हो ।

यस बराबरीसँगै दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ । अब २० अप्रिलमा सेभियाको मैदानमा हुने दोस्रो लेगमा सफलता हात पार्ने टोली नै सेमिफाइनलमा पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *