कांग्रेसकाे शेखर समूहले सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री लिने

काठमाडौँ । नेपाली कांग्रेसले संस्थापन इतर समूहले तीन मन्त्री र एक राज्यमन्त्री लिने भएको छ ।
बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको कांग्रेसकाे संस्थापन इतर समूहको बैठकमा डा. शेखर कोइरालाले तीन मन्त्री र एक राज्यमन्त्री लिनेबारे ब्रिफिङ गरेका हुन् ।
बैठकमा सहभागी काेइराला पक्षका एक संसदले भने, ‘हाम्रो भागमा तीन मन्त्री र एक राज्यमन्त्री पर्ने सम्भावना छ । डा. कोइरालाले यही कुरा गर्नु भएको छ । यसो नभए हामी सरकारमा सहभागी नहुने बताउनु भएकाे छ । समानजनक सहभागिता चाहिन्छ भन्ने हाम्राे कुरा हाे ।’
इतर समूहबाट सरकारमा धनराज गुरुङलाई स्वास्थ्य, डिगबहादुर लिम्बूलाई कानुन, मोहन बस्नेतलाई खेलकुद मन्त्रालयमा पठाउने सम्भावना रहेकाे पनि उनले बताए ।
‘तर अन्तिम निर्णय भएको छैन,’ उनले भने, ‘ जीवन परियार र सुरेन्द्रराज आचार्यको पनि नाम आएका छन् ।’
यसअगाडि कांग्रेसले ४ जना संसदलाई सरकारमा पठाएको छ । ती सबै संस्थापन पक्षका नेताहरु हुन् ।








