वरिष्ठ उपाध्यक्षका लागि अञ्जन र उमेशबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने, बाहिरिए संघाई

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको निर्वाचन पुनः हुने भएको छ ।

तोकिएको ५१ प्रतिशत मतभार कुनै पनि समूहका उम्मेदवारले कटाउन नसकेपछि पुनः मतदान हुने भएको हो ।

पहिलो चरणबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाई बाहिरिएका छन् । अब दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

सबैभन्दा बढी अञ्जनले ३७, उमेशलालले ३१ र संघाई ३० प्रतिशत मत ल्याए । सुरुवातदेखि नै अग्रता बनाएका संघाई १ प्रतिशतले बाहिरिएका हुन् ।

अब २ बजेदेखि पुनः मतदान हुने भएको हो । महासंघको निर्वाचन समितिकाअनुसार मतदान प्रज्ञा प्रतिष्ठानमै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =