म प्रतिको विश्वास टुट्न दिन्न : उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले विश्वास टुट्न नदिने बताएकी छन् । निर्वाचितपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले सधैँ सत्यको जित हुने दाबी गरेकी हुन् ।

आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरूको समस्याको समाधान गर्ने उनको प्रतिबद्धता छ । ‘महिलाले नेतृत्व लिन पाउँदा धेरै नै खुसी लागेको छ । जित्न कठिन थियो, तर आत्मविश्वास थियो । किनभने सत्यले जित्छ । म टिम लिएर काम गर्छु, टिमलाई समेटेर काम गर्छु, व्यवसायीहरूको समस्याको समाधान गर्ने प्रतिबद्धता छ,’ उनले भनिन्, ‘चुनाव सकिएपछि हामी एक हुन्छौँ । काम गर्न कुनै समस्या हुँदैन । मलाई विश्वास गरेजस्तै हजुरहरुको पनि विश्वास पूरा गर्नेछु ।’

एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताइन् । आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिबद्धता उनको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =