बायर्नमाथि सिटीको शानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई पराजित गरेको छ । घरेलु मैदान इथियाड स्टेडियममा गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा रोड्री, बेर्नार्डो सिल्भा र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई पहिलो लिगमा ३-० को अग्रता बनाएर सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब क्वाटरफाइनलको दोस्रो लिग बायर्न म्युनिखको घरेलु मैदानमा अप्रिल २० मा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *