च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा सिटी र बायर्न भिड्दै

युरोपियन च्याम्पियन्स लिगमा आजबाट क्वार्टरफाइनलका खेल सुरु हुँदैछन्। नेपाली समय अनुसार राती १२ः४५ बजे एकसाथ दुई खेल हुनेछन्।

म्यानचेस्टर सिटी र बायर्न म्युनिखबीच प्रतिस्पर्धा हुँदा सोही समयमा अर्को खेलमा बेन्फिका र इन्टर मिलानले एकअर्काको सामना गर्नेछन्।

सिटी र बायर्नको खेललाई यसपटककै सर्वाधिक चर्को प्रतिस्पर्धात्मक रुपमा हेरिएको छ। २ लेगमा हुने खेलको पहिलो लेग सिटीको मैदानमा हुनेछ।

जर्मन क्लबमै रहेको सिटीका स्टार हल्याण्ड यसैसिजनबाट प्रिमियर लिगमा आवद्ध भएका हुन्। उनले जारी सिजन उत्कृष्ठ प्रदर्शन गरिरहेका छन्। दुवै क्लब स्टारले भरिएका छन्।

उता बायर्नमा भने सिटीबाटै पुगेका क्यान्सेलो र साने, लिभरपुलबाट यसै सिजन पुगेका माने छन्। घरेलू मैदानमा अग्रता लिँदै सिटी सेमिफाइनलको बाटो सहज बनाउने दाउमा हुनेछ भने बायर्न आफ्नो लयलाई कायम राख्ने योजनामा हुनेछ।

यसअघि बायर्नले पीएसजीलाई पराजित गर्दा सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई पराजित गरेको थियो।

पेप ग्वार्डिओलाको टिम सिटी पहिलो पटक उपाधि चुम्ने लक्ष्यमा छ। तर सिटीका लागि बार्यन कठिन प्रतिद्वन्द्वी हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *