दमकलाई हराउँदै फिक्कल फाइनलमा प्रवेश

इलाम । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमीफाइनलमा फिक्कलले दमकलाई ३—२ गोल अन्तरले हराएको हो।

पहिलो हाफमा २—० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोश्रो हाफमा थप १ गोल गर्न सफल रहयो । खेलको छैटौ मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए।

२ मिनेट नवित्दै शेखरले अग्रता दोब्बर बनाए । ४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए। १० खेलाडीमा सिमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३—१ बनाए।

दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरेपनि जितका लागि पर्याप्त भएन् । जितसंगै फिक्कलले कम्तीमा ८१ हजार सुरक्षित गरेको छ।

खेलको म्यान अफ दि म्याच २ गोलकर्ता शेखर घोषित हुँदै नगद २ हजार प्राप्त गरे । दमकले आयोजक देउराली स्र्पोटिङ क्लब र फिक्कलले सुनाकोठी एफसी ललितपुरलाई हराउँदै सेमीफाइनलमा स्थान बनाएका थिए।

दोश्रो सेमीफाइनल खेलमा बुधबार विर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेड बिच प्रतिस्पर्धा हुनेछ । विर्तामोडले नवप्रयास ताप्लेजुङ र बुट्टाबारीले रेडहर्स इलामलाई हराउँदै सेमीफाइनल पुगेको हो।

आगामी बैशाख १ गते फाइनल हुने प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल अघि चैत्र ३० गते देउराली भेट्रान र सन्दकपुर गाउँपालिका कर्मचारी बिच मैत्रीपुर्ण खेल हुनेछ।

त्यसैगरी इलाम भेट्रान र सन्दकपुर भेट्रान तथा जनप्रतिनिधि र राजनीतिक दल बिच मैत्रीपुर्ण खेल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *