सबक सिकाउँदै बालेन, ‘डम्पिङ साइट’ बन्दै सिंहदरबार (तस्बिरहरू)

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले शनिबार बिहान आफ्नो फेसबुक अकाउन्टमा स्ट्याटस लेख्दै ‘सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने’ बताएका थिए । उनले स्ट्याटस लेखेसँगै काठमाडौँ महानगरपालिकाले आज (चैत्र २८ गते) मंगलबारसम्म राष्ट्रपति भवन, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर उठाएको छैन ।

सिंहदरबारको फोहोर अहिलेसम्म सबै कार्यालयहरूबाट उठाएर पुतली बगैँचासँगै जस्ताले बेरेर त्यही राखिएको छ । मेयर साहले फोहोर नउठाउने अडान लिएदेखि फाेहर सिंहदरबारबाट बाहिर निकालिएको छैन । यस्तै राष्ट्रपति भवन, प्रधानमन्त्री निवासमा पनि आइतबारदेखि नै फोहोर उठेको छैन ।

राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर सहरी विकास मन्त्रालयअन्तर्गतको परिवर्तन नेपाल नामक संस्थाले उठाउने गर्दछ ।  सरकारसँग आफ्नो १४ बुँदामा कुरा नमिलेसम्म  कुनै पनि भिआइपी एरियाबाट फोहोर नउठ्ने मेयर शाहको अडान छ ।

फोहर व्यवस्थापनदेखि लिएर महानगरसँग जोडिएको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, ढल, विजुली, पूर्वाधारजस्ता अनेक विषयमा देखिएका समस्यामा समाधान गर्न सिंहदरबारमा बसेर सरकार सञ्चालन गर्ने संघीय सरकारका प्रधानमन्त्रीदेखि लिएर मन्त्रीहरुलाई पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरेको र आफूलाई सहयोग नगरेकोले सबक सिकाउने भन्दै उनले सिंहदरबारभित्रको फोहर नउठाने अडान लिएका हुन् ।

तस्बिरहरू:-

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *