रास्वपाले बोलायो बैठक, सांसद ढाकाकुमारको अडिओ प्रकरणबारे निर्णय लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बोलाइएको छ । व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको हो ।

बैठक  बिहान ११ बजे बस्ने बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ । रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइससकेका छन् ।

स्पष्टीकरणपत्रमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको बताएका छन् । अडियो सम्पादन भएर आएको जिकिर गरेपनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको उनको भनाई छ । यसबीच सांसद श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *