मिटरब्याज पीडित र सरकारी टोलीबीच गृह मन्त्रालयमा वार्ता जारी (तस्बिरहरु) 

काठमाडौँ । मिटरब्याज पीडित र सरकारी टोलीबीच गृह मन्त्रालयमा वार्ता जारी छ ।

वार्तामा मिटर ब्यज पीडितले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेका छन् । उक्त मागकै विषयमा वार्तामा छलफल भएरहेको छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोलीले अहिले पीडितसँग वार्ता गरिरहेको बताइएको छ ।

यसअघि १२ दिन पैदल यात्रा गरी खुलामञ्चमा आइपुगेको पीडितको समूहसँग १८ चैतमा सरकारले पाँच बुँदे सहमति गरेको थियो । तर, उक्त उधारो सहमतिले समस्याको समाधान नहुने भन्दै अर्को समूहले २० चैतबाट आन्दोलन सुरु गरेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *