रवि भन्छन्- २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भनेपनि मसँग यो धन्दा चल्दैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद डा. ढाकाकुमार श्रेष्ठको गल्ती पुष्टि भए कारबाही गरिने बताएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको भनिएको अडियोबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेले यस्तो बताएका हुन् ।

विरोधीले यसैलाई चुनावी हतियार बनाएर थप आक्रमणका लागि भएभरको शक्ति लगाउने पनि उनले बताए । ‘रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नुपर्छ । अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदैछ,’ उनले भनेका छन्, ‘दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु । आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ ।’

पार्टी नयाँ भएकाले मान्छे चिन्न गाह्रो भएको उल्लेख गर्दै सभापति लामिछानेले पार्टीमा विधि कायम हुने जिकिर गरे । ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने पार्टी  होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहँदैनौँ ।  कडा भन्दा कडा कारबाही गर्छौ । बेथितिको बचाउ गर्दैनौँ बरु उदाङ्ङो पारी दण्डित गर्छौ,’ उनले अगाडि भनेका छन्, ‘२ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि म सँग यो धन्दा चल्दैन भन्ने सब लाई थाहा छ । हो, पार्टी नयाँ छ,मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन ।’

रास्वपाका समानुपातिक सांसद डा. श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =