परिवर्तित खेलाडी फिर्मिन्होको गोलमा बराबरीमा रोकियो आर्सनल

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो  ।

आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक बाड्नु परेको हो । आर्सनलका गाव्रिएल मार्टिनेली र गाव्रिएल जेससले गोल गर्दा लिभरपुलका मोहम्मद सलाह र रोबर्टाे फिर्मिन्होले बराबरी गोल फर्काए । ५४औँ मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुल बराबरीबाट चुक्यो । रोव होल्डिङले पेनाल्टी बक्समा डिएगो जोटालाई फउल गेपछि प्राप्त पेनाल्टीमा सलाहको प्रहार बाहिरियो ।

यस बराबरीसँगै आर्सनलले ३० खेलमा ७३ अंक जोडेको छ । आर्सनलले लिगमा ६ अंकको अग्रता बनाएको छ । लिभरपुल ४४ अंक जोडेर आठौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *