मेस्सीको गोलमा पिएसजी विजयी, बढ्यो अग्रता

काठमाडौँ – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मा २-० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पिएसजीले  २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ ।

एलिएन्ज रिभिइरा नाइसमा शनिबार राति भएको खेलमा पहिलो हाफको  २६औं मिनेटमा मेस्सीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पिएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुप-यो । दोस्रो हाफको ७६औं मिनेटमा मेस्सीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ । जसअनुसार  पिएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *