ओलिम्पिक छनौटको पहिलो चरणबाटै बाहिरियो नेपाली महिला टिम, भियतनामसँग फेरि हार्यो

काठमाडौं। पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ।शनिबार भियतनामसँग दोस्रो खेलमा पराजित भएसँगै नेपालको यात्रा घरेलु मैदानमै टुंगिएको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार घरेलु टोली नेपाल बलियो राष्ट्र भियतनामसँग २-० गोल अन्तरले पराजित भयो।

भियतनामको जितमा फाम हाइ यनले दुई गोल गरिन् । फामले दुई मिनेट भित्र दुई गोल गर्दै टोलीलाई दोस्रो चरणमा पु¥याइन्।

खेलको छैटौं मिनेटमा फामले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाएकी थिइन् । एनगुएन थि मेको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा फामले गोल गरिन् ।

त्यसको एक मिनेट नबित्दै सातौं मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै भियतनामलाई २-० को जित दिलाईन्।दोस्रो हाफमा भियतनामविरुद्ध हाबी भएपनि नेपालले केहि गोलको अवसर सदुपयोग गर्न सकेन।खेलको २८ औं मिनेटमा विमला विकको लामो पासमा नेपालकी सावित्रा भण्डारीले प्रहार गरेको बल भियतनामी गोलकिपर खोङ थि हाङले उत्कृष्ट बचाउ गरिन् ।

३९ औं मिनेटमा नेपालकी सावित्राले अर्को गोलको अवसर खेर फालिन्। सरु लिम्बुको पासमा सावित्राले पेनाल्टी क्षेत्रभित्रबाटको फितलो प्रहार भियतनामी गोलकिपर खोङ थि हाङले बचाईन्।

नेपालमाथि लगातार दुई जित निकालेसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ। पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोल अन्तरले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *