ओलम्पिक छनोट : भियतनामविरुद्धको दोस्रो खेलमा जित निकाल्ला नेपाल ?

काठमाडौँ । महिला फुटबलको पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज भियतनामसँग खेल्दै छ ।

यसअघि गत बुधबार दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले आक्रामक खेले पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा भियतनाम हाबी भएको थियो ।

यस समूहका प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग खेलिरहेको छ । समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग दुई खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ६ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् ।

भियतनामसँग खेल्ने नेपाली महिला फुटबल टिम :

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ ।

डिफेन्डर: समिक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, बिमला बिक, निशा थोकर, पुजा राना, सिर्जना चेम्जोङ ।

मिडफिल्डर: रेनुका नगरकोटी, बिमला चौधरी, सरु लिम्बु, दिपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी ।

फरवार्ड: अमिषा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला बिक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *