मेस्सीलाई आयो बम्पर अफर

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई बम्पर अफर आएको छ । मेस्सीलाई साउदी प्रो लिग क्लब अल हिलालले बम्पर पारिश्रमिक अफर गरेको हो ।

क्लबले उनलाई वार्षिक ३५० मिलियन पारिश्रमिक दिने औपचारिक अफर गरेको छ । आगामी जुन ३० सम्म फ्रेन्च क्लब पिएसजीसँग सम्झौतामा रहेका मेस्सीलाई अल हिलालले गरेको अफरले फुटबल क्षेत्रमा नयाँ तरंग ल्याएको छ । मेस्सीले पिएसजीमा आफ्नो सम्झौता नवीकरण गर्न आनाकानी गरिरहेको बेला अल हिलालले यो अफर गरेको हो ।

मेस्सीले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने दाबीहरु गरिएको छ । पिएसजीको फाइनान्सियल फेयरप्ले नियम उलंघनका कारण मेसीसहितका ठुलो पारिश्रमिक लिने खेलाडीको सम्झौता नवीकरणका लागि पारिश्रमिकमा ३० प्रतिशतसम्म कटौती गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

अर्को तर्फ मेसीलाई उनको पुरानो क्लब बार्सिलोनाले पनि भित्र्याउने पहल गरेको छ । अबको केहि सातामा मेस्सीले आफ्नो आगामी कदमका बारेमा निर्णय लिनसक्ने बताइएको छ ।साउदी प्रो लिग अल नासरले केहि महिना अघि मात्र क्रिस्टियानो रोनाल्डोलाई वार्षिक २१० मिलियन डलर पारिश्रमिक दिने गरि भित्र्याएको थियो । अहिले रोनाल्डो विश्वमै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *