पूर्वाञ्चल विश्वविद्यालयमा अबैधानिक प्राध्यापक संघको छुद्र ब्यवहार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघको नाममा भएका गतिबिधिले विश्ववविद्यालयलाई धरासायी बनाउने काम शुरु भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा यज्ञप्रसाद जमरकट्टेल नेतृत्वको प्राध्यापक संघ नै अबैध रहेको नेपाल प्राध्यापक संघले भनिरहेको अबस्थामा तिनैको नेतृत्वको प्राध्यापकहरुको टोलीले अहिले आएर विश्वविद्यालयलाई नै धरासायी बनाउनेगरि गतिबिधि अघि बढाईरहेका छन् । विश्वविद्यालयका दैनिक काम कार्वाहीलाई प्रभावित पार्नेगरि भएको आन्दोलनको नेतृत्व गर्ने प्राध्यापक संघ नै आधिकारिक नभएको पाईएको छ।

त्यही आधिकारिक नभएको भनिएको पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले २०७९ मंसिर १ गते एउटा विद्याप्ती निकालेर परिषद बैठकमा उपकुलपतिले झुण्ड–जत्था भनेको भन्दै एक्कासी तालाबन्दी गर्ने भन्यो । प्राध्यापकहरुको संस्था भनेको एकेडेमीक अर्थात एउटा बौैद्धिक क्षेत्र हो भन्ने बुझाई आम नागरिकको छ । त्यही भएरपनि प्राध्यापकहरुको सँधै सम्मान हुँदै आएको छ ।

प्राध्यापकको उदण्डता र बिद्यार्थीको जत्तिको पनि ब्यवहारिकता नदेखिएकोले यसलाई विद्यार्थीहरुले पनि राम्रो मानेका छैनन् । चैत १९ गते भएको दिक्षान्त समारोहमा विद्यार्थी समुहले लगाएको तालाबन्दी खुलेपनि विद्धान प्राध्यापकहरुले लगाएको ताला खोलेनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तालाबन्दीका बिच दिक्षान्त समारोहमा सहभागी भएर फर्किए ।

जमरकट्टेल नेतृत्वको प्राध्यापक संघले फेरी अर्को विज्ञप्ती जारी गरेर २०७९ मंसिर ९ मा विश्वविद्यालय सभा हुँदै गर्दासम्म समेत प्राध्यापक संघलाई ऐन बमोजिम सामेल नगराई सभा सञ्चालन गराईएको भन्दै आपत्ति जनाईयो । विज्ञप्तीमा धम्कीपुर्ण शैलीमा विरोधका कार्यक्रम एथाशिघ्र प्रकाशित गर्छौ भनियो ।

चुकेको प्राध्यापक

यो विज्ञप्तीसम्म आउँदा प्राध्यापक संघ चुकिसकेको थियो । पहिलोे विज्ञप्तीमा तालाबन्दीको कारण एउटा भनिएको थियो भनेँ, दोश्रो विज्ञप्तीबाट माग परिवर्तन भईसकेको थियो । पहिलो विज्ञप्तीबाट उपकुलपतिलाई झुण्ड भनेको आरोप लगाएर तालाबन्दी गरेका प्राध्यापकहरुले दोश्रो विज्ञप्तीमा मंसिर १ गतेदेखि नै ३५ औ सभामा ऐन बमोजिम प्रतिनिधित्वको माग राखेर रजिष्ट्रार र उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको भनेर झुक्याउने प्रयास गरे ।

अबैधानिक भनिएको प्राध्यापक संघले पुनः फागुन ३० गते उपकुलपतिलाई सम्बोधन गरेर गम्भीर ध्यानाकर्षण तथा आवश्यक मागका सम्बन्धमा भन्दै विभिन्न माग पत्र प्रस्तुत गरे । उपकुलपतिलाई गराईएको ध्यानाकर्षण पत्रमा २०७९ माघ ११ गते चिकित्सक संघको डिनमा पदपुर्ति गर्ने बारेमा विज्ञापन आब्हान गरिएको बिषयलाई छिर्के हान्नमा केन्द्रीत देखिन्थ्यो । विज्ञापन प्रकाशित गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको थियो, उनीहरुले यहीँबाट भाग खोजेको स्पष्ट देखिन्छ ।

विभिन्न ९ बुँदे मागमा कर्मचारी राख्ने वा नराख्ने तथा सेवा सुविधा लिने बाहेक यस अघि गरिएको तालाबन्दीको बारेमा प्राध्यापक संघ बोलेको देखिँदैन । त्यति बेलाको माग के हो र कसरी सम्बोधन गर्ने भन्ने बारेमा प्राध्यापक संघले अहिलेसम्म बोलेको छैन । हचुवाको भरमा तालाबन्दी गरेको अबैध भनिएको प्राध्यापक संघ अहिले पनि आन्दोलनमा छ ।

बुधबार पूर्वाञ्चल विश्ववविद्यालयको गेट बाहिर धर्ना दिएका प्राध्यापकहरु बिहिबारको धर्नामा कर्मचारीलाई नै प्रबेश गर्न दिएनन् । कर्मचारीहरु यसलाई प्रध्यापकहरु अराजक रुपमा प्रस्तुत भएको बताउँछन् । उनीहरुले आफ्नो पदीय मर्यादालाई नै भुलेर कर्मचारीलाई कार्यालयमा समेत प्रबेश गर्न नदिएको कर्मचारीको भनाई छ ।

पछिल्ला मागहरुमा लामो समयदेखि रोकिएको शिक्षकको आन्तरिक तथा खुल्लाको विज्ञापन तत्काल सुचारु, सबै संकायमा विद्यावारिधी कार्यक्रम संचालन, शिक्षकहरुको तत्काल करार नवीकरण हुनु पर्ने, लघु अनुसन्धानकोलागि आबश्यक रकम उपलब्ध गराउनु पर्ने, ऐन, नियम तथा नियमावलीले ब्यवस्था नगरेको पदहरु खारेज, अस्थायी र करारका सबैको विमा गर्नु पर्ने भनिएको छ।

सबै ठप्प पार्ने विद्वान आन्दोलन

जमरकट्टेल नेतृत्वको अबैध भनिएको प्राध्यापक संघ चैत २१ गते अर्को विज्ञप्ति जारी गरि विश्वविद्यालयको ११ औ दिक्षन्त समारोहमा समाबेश नगराएको, मंसिर ९ र चैत ९ को आन्दोलनलाई कायम राखिएको भनियो । उनीहरुले चैत २२ देखि २४ गतेसम्म धर्ना र २६ गते आईतबारदेखि सम्पुर्ण निकायमा तालाबन्दीको कार्यक्रम सार्बजनिक गरेका छन् ।

अबैधानिक प्रध्यापक संघको नाममा भएको आन्दोलनलाई लिएर चौतर्फी आलोचना हुँदै आएको छ । पूर्वाञ्चल विश्वविद्यालयका संस्थापक रजिष्ट्रार भेषप्रसाद धमला प्राध्यापक जस्तो ब्यक्तिले लामोसमय विश्वविद्यालयलाई बन्द बनाएर राख्न नहुने बताउँछन् । उनले भित्रका समस्याहरु छन् भने छलफल गरेर समाधानमा लाग्नु पर्ने उनले बताए । ‘पूर्वाञ्चल विश्वविद्यालयहरुमा शुरु देखि नै निरन्तर यस्ता घटना घटिरहेका छन्, उनले भने, प्राध्यापकहरुको तर्फबाट हुने यस्ता बन्द हड्तालले राम्रो सन्देश दिँदैन र त्यस्तो गर्नु पनि हुँदैन ।’

बैधानिकताको प्रश्न

पूूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघमा निर्वाचित भएर आएका सन्देशदास श्रेष्ठ नेतृत्वको समितिको कार्यकाल २०७८ चैत १५ मै सकिएको हो । स्थानीय तहको निर्वाचनको कारण प्राध्यापक संघले साधारण सभा तथा अधिबेशन गरेन । नेपाल प्राध्यापक संघको ऐन बमोजिम पूर्वाञ्चल विश्वविद्यालयको बिधानले नेपाल प्राध्यापक संघको माताहत रहनेगरि पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ गठन भएको देखिन्छ ।

नेपाल प्राध्यापक संघले समयमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघलाई पहिलो पटक स्थानीय तहको निर्वाचन पछि असार मसान्तसम्ममा प्राध्यापक संघको निर्वाचन गर्न परिपत्र आएको सन्देशदास नेतृत्वको प्राध्यापक संघको भनाई छ ।

सारमा बिविध कारणले प्राध्यापक संघले निर्वाचन गर्न सकेन र नेपाल प्राध्यापक संघले फेरी असोज मसान्तसम्मको म्याद दिएको थियो । त्यो समयमा पनि प्राध्यापक संघले दशै, तिहार र चुनावको बहानामा निर्वाचन गर्न सकेन । त्यही असोजमा नै यज्ञप्रसाद जमरकट्टेल सहितले प्राध्यापकहरुको भेला बोलाए र जमरकट्टेल नेतृत्वमा पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ निर्वाचित भएको घोषणा गरे । त्यही बेला श्रेष्ठ नेतृत्वको प्राध्यापक संघले कृष्ण पाण्डे नेतृत्वको निर्वाचन समिति बनायो ।

निर्वाचन समितिले काम थान्नै नपाई जमरकट्टेल आफु प्राध्यापक संघको अध्यक्षमा निर्वाचित भएको भन्दै हिड्न थालेको प्राध्यापकहरु बताउँछन् । नेपाल प्राध्यापक संघले फागुनसम्ममा पुनः समय दिएपछि त्यसको तयारीमा लागेको पूर्वाञ्चल विश्वबिद्यालय प्राध्यापक संघले त्यो बेलासम्म आफ्नो काम अघि बढाउनै पाएन ।

जमरकट्टेल नेतृत्वको समितिले आफुहरु बैध रहेको दाबी गरिरहेको अबस्थामा गत २०७९ असोज ६ गते नेपाल प्राध्यापक संघले एउटा पत्र लेख्दै कुनैपनि संघ संगठन कानुनी प्राबधान, विधि पद्धति र प्रचलीत अभ्यास अनुसार संचालित हुने भन्दै असोज मसान्त भित्र केन्द्रीय प्रतिनिधि निर्वाचित गराएर पठाउन भनेको देखिन्छ ।

पत्रमा पूर्वाञ्चल विश्वविद्यालयले भदौ २५ र असोज ४ को पत्रानुसार विश्वविद्यालयले अधिबेशन सम्पन्न गरि केन्द्रीय प्रतिनिधि पठाउने प्रक्रिया प्रारम्भ भईसकेकोले उक्त अधिबेशनको मिति र कार्यसुची एक हप्ता अघि नै नेपाल प्राध्यापक संघमा पठाउन भनेको छ ।

त्यही पत्रमा भनिएको छ, ‘पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको आधिकारिक संरचनाले ऐन, कानुन र विधिअनुसार प्रक्रिया अगाडि बढाई कार्य गर्दै आएकामा त्यस विश्वविद्यालयमा कुनै समुहको नाममा भेला बोलाई तदर्थ समिति निर्माणगरि अधिबेशन भएको भन्ने जानकारी आएकोले विधान र निर्वाचन नियमावली २०१९ को धारा ८ (ट) मा भएको ब्यवस्था अनुसार नभएको तथा विधान विपरित भएकोले नेपाल प्राध्यापक संघले मान्यता दिँदैन ।’

त्यसको जानकारी विश्वविद्यालयका उपकुलपतिलाई पनि दिईएको छ। गत पुस १२ गतेको अर्को पत्रले पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले हालसम्म नेपाल प्राध्यापक संघको केन्द्रीय कार्यालयमा आधिकारिक रुपमा प्राप्त नभएको भनिएको छ। नेपाल प्राध्यापक संघको उक्त पत्रबाट पनि अहिलेको जमरकट्टेल नेतृत्वको प्राध्यापक संघलाई अधिकारिकता दिएको छैन । नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा.डा रमेशकुमार जोशीले विधि र बिधान विपरित समिति बनेकोले त्यस समितिलाई बैधानिकता दिन नसकिने बताए । ‘हाम्रो संघले आधिकारिक अध्यक्षमा सन्देशदास श्रेष्ठलाई मात्र चिनेको छ, उनले भने, त्यही समितिले निर्वाचन गरेर बनाएको र पदस्थापन गरेपछि मात्र आधिकारिकता दिन सकिन्छ ।’ उनले अहिले बनिएको भनको प्राध्यापक संघ अबैधानिक भएको बताए ।

‘पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष सन्देशदास श्रेष्ठले निर्वाचित जो भएर आएपनि हुने तर यसलाई बैधता दिने बारेमा अहिलेको समिति बनाए प्राध्यापकहरुले बुझ्नु पर्ने बताए । म आफु प्राध्यापक संघमा बस्न चाहन्न उनले भने, म आधिकारिक रुपमा हस्तान्तरण गर्न तयार छु। बिधि र विधानको पालना सबैले गरौँ भन्दापनि उहाँहरु मान्नु भएको छैन ।’

अबैधानिक भनिएको प्राध्यापक संघले गरेको तालाबन्दीको अन्तीम कारण भनेको विश्वविद्यालयले यही संघलाई आधिकारिकता दिनु पर्ने भन्ने देखिएको छ। यज्ञप्रसाद जमरकट्टेल नेतृत्वको प्राध्यापक संघका महासचिव प्रमोदकुमार यादवले उपकुलपति र रजिष्ट्रारले विश्वविद्यालयको कुनैपनि कार्यक्रममा नबोलाएपछि तालाबन्दी गरिएको बताए । हाम्रो मागलाई सम्बोधन गर्ने प्रयास भएको छैन, उनले भने, नेपाल प्राध्यापक संघले पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघलाई आधिकारिकता हो हैन भन्ने अधिकार नभएको समेत उनले बताए । श्रेष्ठ नेतृत्वको समिति तदर्थ समिति बनाएर वा जुनसुकै बिधिबाट पनि पद अस्पतान्तरण गर्ने बताउँदै आएको छ।

दुई समुहको लडाईँका कारण अहिले विश्वविद्यालयलाई बन्दी बनाउने काम भएको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.यादवराज कोईरालाले उहाँहरुले के कारणले तालाबन्दी गर्नु भएको भन्ने समेत स्पष्ट नभएको बताए । ‘मैले उहाँहरुलाई समस्या भए बार्ता र छलफलबाट समस्याको समाधान गरौँ भनेको छु, उनले भने, उहाँहरु छलफलमा आउनै चाहनु भएको छैन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *