‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले यस वर्षको ‘आदर्श पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । शाखाको आज बसेको कार्यसमितिको बैठकले रु एक लाख एक हजार एक सय ११ राशिको सो पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्ने निर्णय गरेको अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए ।

शनिबार हुने शाखाको २३ औँ साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । अध्यक्ष सुवेदीले भने, ‘काठमाडौँ शाखाको शङ्खरापुर नगरपालिकामा यही चैत ३ र ४ गते बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो, आजको बैठकले सो पुरस्कार नेपाल महासङ्घ केन्द्रीय समितिका पूर्वअध्यक्ष एवं काठमाडौँ शाखाका सस्थापक अध्यक्षसमेत रहनुभएका वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =