मोरङका ३ परीक्षा केन्द्रबाट २ सय जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । मोरङका विभिन्न ३ वटा परीक्षा केन्द्रबाट २०० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान, केराबारी र सुन्दरहरैँचाका तीन परीक्षा केन्द्रबाट ती विद्यार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए ।

एसइई परीक्षामा परीक्षार्थी बनेर परीक्षा दिइरहेका १ सय ९९ जनालाई बिहीबार पक्राउ गरेको हो भने एक जनालाई बुधबार पक्राउ गरेको उनले जानकारी दिए । पोखरेलले पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको जानकारी दिए ।

सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । यिनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाउने काम भईरहेको छ । एकै पटक धेरै नक्कली परीक्षार्थी फेला परेपछि प्रहरीलाई त्यसको व्यवस्थापनमा साधन श्रोतको कारण केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अनुगमनको क्रममा पुगेको टोलीले नक्कली विद्यार्थीले फर्म भर्दा नै फर्म भरेकोले प्रवेश पत्रमा जो परीक्षा दिन आयो उसैको भएको, पारिवारिक पृष्ठभूमि परीक्षा दिन आउनेले बताउन देखिएको छैन , उनले भने, अहिले उनीहरूको सम्बन्धमा अनुसन्धान भईरहेको छ । यी परीक्षार्थीहरूको विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *