गिरिजाप्रसाद कोईराला स्मृति हक्की प्रतियोगिताको उद्घाटन खेलमा आर्मी विजयी

विराटनगर। शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ। उद्घाटन खेलमा नेपाल आर्मीले विजयी भयो ।

विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ६-१ गोल फरकमा पराजित गरेको छ।

आर्मीका लागि देवसिंह धामीले २ गोल तथा रोशन चौधरी, प्रदीप राजवंशी, रोमन राना र नितिस न्यौपाने समान १-१ गोल गर्दै टोलीलाई विजयी बनाए । पुलिसका लागि एक मात्र सान्तवना गोल महेश धामीले गरे ।

खेलको म्यान अफ द म्याच आर्मीका देवसिंह धामी भए । आर्मी विजयी हुँदै ३ अंक बटुल्न सफल भएको छ ।

चैत २७ गतेसम्म हुने प्रतियोगितामा २ विभागीयसहित ७ वटा टोलीको सहभागिता रहेको छ । नेपाल आर्मी, नेपाल पुसिल विभागीय टोलीका साथै कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल कोसी प्रदेश र मधेस प्रदेश, दोस्रो गण्डकी र नेपाल पुलिस तथा तेस्रो खेल नेपाल आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *