कोशी प्रदेशमा खेलाडी सम्मान, खेलकुद क्षेत्रमा राजनीति नमिसाउने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि भई विभिन्न विधाका खेलमा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले खलकुदको विकासको लागि प्रदेशको खेलकुदलाई राजनीतिमा मिसाउने पक्षमा आफु नभएको बताएका हुन् । उनले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनी प्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुद बोर्डका पदाधिकारीहरुलाई निर्देशन दिए ।

उनले विकास बोर्डलाई चाहिले आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने बताए । ‘आर्थिक मन्दी आएपनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावित हुन हुन दिन हुँदैन, उनले भने, खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार छ।’

झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासी जनजाति रङ्गशालाको रुपमा निर्माण गर्न कोशी प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी दिए । ‘नेपालको क्रिकेट खेलले ठूलो आशा जगाएको छ, उनले भने, मोरङको झापा वैजनाथपुर स्थित रङ्गशालालाई तीन वर्ष भित्र अन्तराष्ट्रिय स्तरको रङ्गशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउने छ ।’

कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रिय स्तरका खेलाडीहरु राष्ट्रिय व्यक्तित्व भएकाले अनुशासनमा ध्यान दिनुपर्ने बताए । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको कार्यक्रममा बिभिन्न बिधाका खेलाडीलाई नगद पुरस्कार तथा सम्मान गरिएको हो ।

कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललित राजवंशी र दीपेश कँडेल एक लाख ११ हजार १११, सञ्जय राई ३० हजार , प्रिय राईलाई एक लाख नगद् डेनिका राईलाई २५ हजार, सागर यादव १५ हजार , निमा जि सीलााई १५ हजार, अंशु मण्डललाई , रंजु चौधरी, र पूजा चौधरीलाई पाँच हजार नगद सहित सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *