जनमतका निवर्तमानमन्त्री अब्दुल खानको ‘सेक्स’ भिडियो बाहिरियो

जनकपुरधाम। निवर्तमान खानेपानी तथा सरसफाई मन्त्री अब्दुल खानको आपत्तिजनक भिडियो सार्वजनिक भएको छ।

सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खानले एक युवतीसँग भिडियो कलमा फोन सेक्स गरिरहेको भिडियो सार्वजनिक भएको हो। अहिले फेसबुकका म्यासेन्जर ग्रुपमा उक्त भिडियो भाइरल छ।

खानले पनि उक्त भिडियो आफ्नो भएको स्वीकार गरेका छन्। उनले मकालुखबरसँग कुरा गर्दै भने, ‘त्यो अलिक पहिलेकै हो, मलाई फसाउने षड्यन्त्र गरिएको हो। मैले यस बारेमा प्रहरीलाई पनि जानकारी गराइसकेको छु।’

गत माघ ११ गते मन्त्री बनेका खानले चैत १७ गते मन्त्रीबाट राजीनामा दिएका थिए। खान समानुपातिक सांसद हुन्।

जनमतले उद्योग मन्त्रालय माग गरेको थियो। तर उद्योग मन्त्रालय नपाएपछि राजीनामा दिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =