बिस्का जात्राको लागि भैरवनाथको रथ निर्माण कार्य तीव्र (तस्बिरहरू)

भक्तपुर । भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक जात्रा बिस्का जात्राको लागि भैरवनाथको रथ निर्माण कार्य भइरहेको छ ।

काठमाडौँ उपत्यकाको परम्परागत सांस्कृतिक जात्रामध्ये एक बिस्का जात्रा भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइन्छ । जात्राको लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माणमा अहिले स्थानीय जुटेका छन् ।

लिच्छवीकालदेखि सुरु भएको बिस्का जात्रा नयाँ वर्षको चार दिनअगाडि भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालि बिस्का जात्रा चैत्र २७ गतेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *